
अमेरिकाको आणविक उद्योगले रुसबाट सस्तो मूल्यमा आइरहेको प्रवर्धित युरेनियमलाई जारी राख्न अमेरिकी सरकारसँग पैरवी गरेको छ ।
अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको भए पनि युरेनियम आयात चाहिँ नरोक्न आणविक उद्योगले अनुरोध गरेको छ ।
अमेरिकामा बिजुलीको मूल्य कम राख्नका लागि रुसको युरेनियम महत्त्वपूर्ण तत्त्वका रूपमा हेरिएको छ ।