०५ साउन २०८३, मंगलबार

शेयर बजार २५ सय बिन्दुमा ओर्लियो, लगातार बजार घट्दा लगानीकर्ता निराश

फागुन १८, २०७८
शेयर बजार २५ सय बिन्दुमा ओर्लियो, लगातार बजार घट्दा लगानीकर्ता निराश

शेयर बजार मापक सूचक नेप्से बुधवार ६३.५४ अंकले घटेर २५४७.०४ बिन्दुमा ओर्लिएको छ ।  पछिल्लो समय लगातार घटिरहेको शेयर बजारले लगानीकर्तालाई भने निराशसमेत बनाउन थालेको छ ।

बजार घटेसँगै बुधवार तीन अर्ब ६२ करोड रूपैयाँको कारोबार भएको छ । आज नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता शेयरको ५५ हजार २१२ पटक कारोबार भएको छ । 

बजार घटेको दिन रिलायन्स फाइनान्स कम्पनीका लगानीकर्ताले भने ४ प्रतिशतले कमाएका छन् । आज सिभिल बैंक र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १.०८ देखि १.२५ प्रतिशतसम्मले कमाएका छन् । 

बजार घटेका कारण सबैभन्दा बढी गुमाउनेमा भने हिमालयन जनरल इन्स्योरेन्सको ८.२६ प्रतिशत छ । युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर, न्यादी ग्रुप कम्पनी, नेशनल हाइड्रोपावर, सामलिङ पावर कम्पनीसहितका लगानीकर्ता ५.७७ प्रतिशत देखि ६.६८ प्रतिशतसम्मले गुमाएका छन् । बजार घटेका कारण शेयर बजारका सबै उपसमूहका सूचक घट्दा सबै सूचक राताम्मे भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्