
पछिल्लो २४ घण्टामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८७४ नमूना परीक्षणमध्ये १२३ पीसीआर र ४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९४१ छ ।
मन्त्रालयका अनुसार थप ३२१ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ५७ हजार ४८८ पुगेको छ ।
हाल मुलुकभर ७ हजार ७७० सक्रिय संक्रमित छन् ।