१९ असार २०८३, शुक्रबार

काठमाडौं ट्रिनाले २०७७ – अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा बर्जर पेन्टस् साझेदार

फागुन १८, २०७८
काठमाडौं ट्रिनाले २०७७ – अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा बर्जर पेन्टस् साझेदार

काठमाडौं ट्रिनालेद्वारा त्रैवार्षिक रुपमा आयोजित हुने चौथौँ काठमाडौं ट्रिनाले २०७७ अन्र्तराष्ट्रिय कला प्रदर्शनीका लागी काठमाडौं ट्रिनाले र बर्जर पेन्टस् नेपालबीच साझेदारी भएको छ ।

यस साझेदारीमार्फत नेपालमा पेन्टस् उत्पादन तथा बिक्रीवितरणमा अग्रपङ्तिमा रहेको बर्जर पेन्टस्ले नेपालको कला र संस्कृतिलाई प्रबद्र्धन गर्नेछ । 

फाल्गुण १७ देखि चैत १७ सम्म हुन लागेको यस कला प्रदर्शनीमा ४० राष्ट्रका १०० जना कलाकारहरुले आफ्ना ३०० कलाकृतिहरु प्रदर्शन गर्नुका साथै विभिन्न विधामा आधारित रहेर काठमाडौंका सांस्कृतिक तथा ऐतिहासिक महत्वका ५ ठाउँहरुमा आफ्ना कलाहरू प्रस्तुत गर्नेछन् । 

कुनै पनि कला संस्कृतिमा पेन्टको भूमिका नितान्त महत्वपूर्ण हुने भएकोले बर्जर पेन्टस्ले नेपालको कला र संस्कृतिको प्रबर्द्धनमा विगत कैयौं वर्षदेखि अग्रपंक्तिमा रही सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ । 

विश्वव्यापी समकालीन कला प्रदर्शनीको लागी काठमाडौं ट्रिनाले नेपालकै प्रमुख अन्र्तराष्ट्रिय मञ्च हो । काठमाडौँको कला र संस्कृतिलाई विश्वसामु चिनाउन सिदार्थ आर्ट फाउन्डेसनको पहल स्वरुप यस प्रदर्शनीको पछिल्लो संस्करण सुरु हुन गइरहेको हो । 

salt training

कमेन्ट गर्नुहोस्