२० असार २०८३, शनिबार

राष्ट्रिय गौरवको आधा दर्जन आयोजना: एक दशकमा आधा पनि छैन भौतिक प्रगति

फागुन १९, २०७८
राष्ट्रिय गौरवको आधा दर्जन आयोजना: एक दशकमा आधा पनि छैन भौतिक प्रगति
तस्वीर सौजन्य : राजधानी दैनिक

सरकारले विभिन्न सडकलगायत विकाससम्बन्धी आयोजनालाई राष्ट्रियको गौरवको आयोजनामा राखेर निर्माण गर्दै आए पनि तीनै राष्ट्रिय गौरवका आयोजनाको प्रगति भने निराशाजनक देखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडकसम्बन्धी आधा दर्जन राष्ट्रिय गौरवको आयोजनाको प्रगतिले सन्तोषजनक अवस्था देखाएको पाइँदैन ।

मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण (कोसी, कालीगण्डकी, कणाली कोरिडोर) लोकमार्गलगायत गौरवका आयोजनाको निर्माण कार्य धिमा गतिमा मात्र बढिरहेको पाइएको हो ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता महादेव पन्थ सम्बन्धित आयोजना, मन्त्रालय, योजना आयोगका साथै अर्थ मन्त्रालयबाट पनि राष्ट्रिय गौरवका आयोजनालाई छिटो काम सम्पन्न गराउन अनुगमन तथा समन्वयकारी भूमिका हुँदै आएको बताउँछन् । ‘यो प्रधानमन्त्री कार्यालयको पनि एउटा अनुगमनको पाटो हो, हामीले पनि अनुगमन गर्ने, समन्वय गर्ने काम गर्दै आएका छौं,’ उनले राजधानीसँग भने ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार कार्यालयले जति महŒव दिएर चासो दिनुपर्ने हो त्यो भने भएको छैन । यो विषयमा दोस्रो त्रैमासिक अवधिसम्म राष्ट्रिय गौरवका आयोजनाका विषयमा प्रधानमन्त्री कार्यालयले देखिनेगरी काम गरेको पाइएको छैन । ‘प्रधानमन्त्रीज्यूले पनि यो विषयमा खासै चासो देखाएको पाइँदैन, त्यहीँ भएर पनि जति गति लिनुपर्ने हो त्यो नभएको हुन सक्छ,’ स्रोतले भन्यो । राजधानी दैनिकमा टेनिस रोकाले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्