३१ जेठ २०८३, आइतबार

किन बढ्यो चिनीको मूल्य ?

फागुन २०, २०७८
किन बढ्यो चिनीको मूल्य ?

पछिल्लो समय चिनीको मूल्यवृद्धि नियन्त्रण हुन नसक्नुमा सरकारकै कमजोरी देखिएको छ ।

सरकारी अनुदानको चिनी खरीदविक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सरकारसँग चिनी खरीदको अनुमति मागेको करीब डेढ वर्ष भइसके पनि सरकारले अनुमति नदिएकाले मूल्य अनियन्त्रित भएको सरोकारवाहरूको भनाइ छ ।

साल्ट ट्रेडिङले करीब १५ महीनाअघि भन्सार छूटमा ५० हजार मेट्रिकटन चिनी खरीदको माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो ।

उद्योग मन्त्रालयले बजेट निकासा लगायत अन्य प्रक्रिया पूरा गर्न उक्त पत्र अर्थ मन्त्रालयमा पेश गरेको भए पनि हालसम्म अर्थबाट कुनै काम अघि बढेको छैन ।

खरीद प्रक्रिया रोकिँदा साल्ट ट्रेडिङसँग सरकारी अनुदानको चिनी सकिएर बजारमा बजार मूल्य अनियन्त्रित भएको बताइएको छ । आर्थिक अभियान दैनिकमा प्रशान्त खड्‍काले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्