३१ असार २०८३, बुधबार

विद्यासुन्दरले मोबाइल किन्दा चिरिबाबुको बन्दुक !

कात्तिक २०, २०७४
विद्यासुन्दरले मोबाइल किन्दा चिरिबाबुको बन्दुक !

काठमाडौं, २१ असार — काठमाडौं महानगरपालिकामा एमालेतर्फबाट विजयी मेयरले स्मार्ट फोन किन्ने निर्णय गर्दा व्यापक असन्तुष्टिसहित फिर्ता भएको चर्चा सेलाउन नपाउँदै छिमेकी ललितपुर महानगरपालिकामा कांग्रेसतर्फबाट विजयी चिरीबाबु महर्जनको अनौठो प्रस्ताव गर्भमै विष्फोटको संघारमा छ ।

आइतवारको बोर्ड बैठकमा मेयर महर्जनले हतियार किन्ने प्रस्ताव राखेपछि एमालेतर्फका वडाअध्यक्ष श्रीगोपाल महर्जन, सुदर्शन मिश्र र दिनेश कार्कीलगायतले चर्को आलोचना गरेका छन् । प्रस्ताव औपचारिक रुपमा आउनुपर्ने र निर्णय पनि पारदर्शी हुनुपर्ने भन्दै हतियार खरिदको औचित्य पुष्टि गर्न चुनौतीसहित एमाले कार्यपालिका सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए ।

प्रस्तावित १५ बुँदामा छलफल हुँदा केही विवादास्पद विषय आएको भन्दै एमालेले विरोध जनाएपछि मेयर निर्णयबाट पछि हट्दै ३ नम्बर वडाअध्यक्ष श्रीगोपाल महर्जनसमेतको समिति बनाएर संशोधनको काम थालिएको बुझिएको छ ।

असारको आधामास कटिसकेपछि जिल्ला समन्वय समिति र ललितपुरका विभिन्न नगरपालिकामा योजना फरफराक र भुक्तानीको भीड लागेको छ ।

जिल्ला विकास समितिले सांसद विकास कोषका योजनामा सांसदको दबावमा मिति संशोधन गर्ने गरेको बुझिएको छ ।

— जनआस्थाबाट

salt training

कमेन्ट गर्नुहोस्