०२ असार २०८३, मंगलबार

'मेलम्चीमा जस्तो एमसीसीमा ढिलाई हुँदैन'

फागुन २०, २०७८
'मेलम्चीमा जस्तो एमसीसीमा ढिलाई हुँदैन'

  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग नियोग 'मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)परियोजनाको कार्यान्वयन 'मेलम्चीजस्तो नहुने’ बताएका छन् ।

बिहीबार विभिन्न सञ्चार माध्यमका सम्पादकसँगको छलफलमा उनले ठूला परि यो जना ढिला सम्पन्न हुने परिस्थितिप्रति इङ्गित गर्दै यस्तो बताएका हुन् ।

काठमाडौ ँ उपत्यकामा खाने पानी आपूर्तिको लागि करिब तीन दशक अघि थालिएको मेलम्ची परियोजना अझै सम्पन्न हुन सकेको छैन ।

उपत्यकाको खानेपानी आपूर्तिमा महत्वपूर्ण मानिएको यो परियोजना सम्पन्न हुन भएको ढिलाइ प्रति सङ्केत गर्दै मन्त्री कार्कीले एमसीसी भने 'निर्धारित समय (पाँच वर्ष)भित्रै’ सम्पन्न हुने बताए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्