०३ असार २०८३, बुधबार

मल कारखाना खोल्न प्रदेश सरकारको अग्रसरता

फागुन २०, २०७८
मल कारखाना खोल्न प्रदेश सरकारको अग्रसरता

बागमती सरकार रासायनिक मल कारखाना खोल्ने तयारीमा लागेको छ।

त्यसका लागि प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक परामर्श तथा छलफल अघि बढाएको छ। बिहीबार हेटौडामा काठमाडौं विश्वविद्यालयको विज्ञ टोलीसँग रासायनिक छलफल गरेको हो।

टोलीले ग्रिन हाइड्रोजन प्रविधिबाट देशमै रासायनिक मल उत्पादन गर्न सकिने प्रस्ताव गरेको छ। प्रा. डा. विराजसिंह थापाले देशमै विद्युत् उत्पादन बढ्न थालेकाले रासायनिक मल उत्पादन सम्भव रहेको बताए।

'मुख्य कुरा विद्युत् हो। यसको उत्पादन बढिरहेको छ', उनले भने, 'विद्युत्मा सहुलियत दिने हो भने सस्तोमा मल उत्पादन गर्न सकिन्छ।' प्रतियुनिट तीन रुपैयाँसम्म विद्युत् प्राप्त भए प्रतिकेजी १९ रुपैयाँमा रासायनिक मल उत्पादन गर्न सकिने विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले बताए।

सार्वजनिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा प्रादेशिक रासायनिक मल कारखाना खोल्ने विषय बागमती सरकारले न्यूनतम साझा कार्यक्रममै उल्लेख गरेको छ। आगामी आर्थिक वर्षको बजेटबाट कारखाना स्थापना अघि बढाउने योजना छ। अन्नपूर्ण पोस्टमा कृष्ण सारु मगरले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्