३१ असार २०८३, बुधबार

एमसीसीबारेको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकारेको भन्ने प्रायोजित प्रचार- भीम रावल

फागुन २०, २०७८
एमसीसीबारेको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकारेको भन्ने प्रायोजित प्रचार- भीम रावल

नेकपा एमालेका नेता भीम रावलले एमसीसीबारे सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार भएको बताएका छन् । 

उनले जबसम्म नेपाल सरकारले औपचारिक पत्र पठाएर अमेरिकाले औपचारिक जवाफमा उक्त घोषणा स्वीकार्दै सम्झौताको अंग हुने कुरा नगर्दासम्म स्वीकारेको नठहर्ने बताएका हुन् । 

‘सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार हो, जबसम्म नेपाल सरकारले औपचारिक पत्र पठाएर अमेरिकाले त्यसको औपचारिक जवाफमा उक्त घोषणा स्वीकार्दै सम्झौताको अंग हुने कुरा गर्दैन, तबसम्म स्वीकारेको ठहर्दैन । नेपाली जनतालाई ठग्ने दुष्प्रयास नहोस्,’ शुक्रवार ट्वीटरमा उनले लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्