
बागमती प्रदेश सरकारले रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने तयारी गरेको छ ।
किसानलाई मल व्यवस्थापनमा सहज होस् भन्ने हेतुले प्रदेश सरकारले मल कारखाना खोल्ने तयारी गरेको हो ।
यसका लागि काठमाडौं विश्वविद्यालयका उपकुलपति, डिन, प्रध्यापक र हाइड्रोजन ल्याब संयोजकसहितको टीमसँग मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्राविधिक परामर्श गरेका छन् ।