रुसले युक्रेनमाथि आक्रमण गरी त्यहाँ रहेका उग्रराष्ट्रवादी नवनाजीहरूको सफाया गर्ने र असैन्यीकृत बनाउने बताउँदै आएको छ ।
विशेषगरी युक्रेनको पश्चिमी भागमा नाजीहरूको बोलबाला छ । फासिवादी, यहुदीविरोधी, उग्रराष्ट्रवादी नवनाजीहरूले पूर्वी युक्रेनमा रहेका रुसीभाषीहरूमाथि विगत आठ वर्षदेखि चरम हिंसा गरिरहेका छन् ।
इतिहास हेर्दा पनि पश्चिम युक्रेनले नाजीहरूलाई स्वागत गरेको पाइन्छ । दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरले रुसको आक्रमण गर्न नाजी सेना पठाउँदा त्यसलाई पश्चिम युक्रेनले स्वागत गरेको थियो । तर पूर्वी युक्रेनले नाजीहरूको कठोर प्रतिकार गर्दा निकै धेरै जनधनको क्षति बेहोर्नुपरेको थियो ।
दोस्रो विश्वयुद्धमा सोभियत संघका तत्कालीन राष्ट्रपति जोसेफ स्टालिनले पोल्यान्डको नियन्त्रण रहेको पश्चिम युक्रेन फिर्ता लिएका थिए । त्यसको बदलामा उनले पोल्यान्डलाई तत्कालीन ईस्ट प्रसिया दिएका थिए । त्यसपछि उनले जर्मनहरूलाई प्रसियाबाट लखेटेका थिए ।
युक्रेनका नाजीहरू स्टेपान बान्डेरालाई आफ्नो आदर्श मान्छन् । बान्डेराको पथमा हिँड्ने उग्रदक्षिणपन्थी दल नेसनल कोर्प्सका नेता आन्द्रेई बाइलेत्स्की तल्लो दर्जाका यहुदीहरूका विरुद्ध आन्दोलनमा रहेको घोषणा गर्छन् । बाइलेत्स्की रुसीहरूलाई पनि तल्लो दर्जाको मानिस ठान्छन् ।
केही महिनाअघि उनले युक्रेनमा रहेका सबै यहुदीहरूलाई देश छोडेर जान आदेश दिएका थिए । उनले काराइट यहुदीलाई मात्र मान्यता दिएका छन् । काराइटका बारेमा कसैलाई केही थाहा छैन ।
बाइलेत्स्कीले अजोभ बटालियन नामक सैन्य समूहको नेतृत्व गर्ने गरेका छन् । उनीहरूले युक्रेनको सशस्त्र बलमा समेत पकड बलियो पारेका छन् । अहिले रुसको आक्रमण यिनीहरूप्रति नै लक्षित छ । रुसको आक्रमणपछि भाग्न खोजेका जनतालाई यिनीहरूले बन्दूक तेर्स्याएर कतै जान दिएका छैनन् र जबर्जस्ती लड्न लगाइरहेका छन् ।
पूर्वी युक्रेनमा रुसीहरूमाथि दमन गर्न उक्साउने यस्तै उग्रदक्षिणपन्थी नाजीहरूको अत्याचार बन्द गर्न रुसले युक्रेनमाथि आक्रमण गरेको हो । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की यहुदी भए पनि उनी नाम मात्रका शासक हुन् । युक्रेनको शासन नवनाजीहरूले चलाउने गरेका छन् ।