काठमाडौं, १८ पुस — झापाका जीवन राना युएईमा दुर्घटनापछि उपचार नपाएर समस्यामा परेका छन् । दुर्घटनापछि गम्भीर घाइते भएका राना युएईको शारजाहास्थित अल कुवैती अस्पतालमा उपचार गराइरहेका छन् ।
उनको उपचारका लागि ठूलो रकम लाग्ने भएको तर उनी काम गर्ने रोटाना सेक्युरिटी कम्पनीले कुनै वास्ता नगरेपछि उपचार हुन नसकेको हो । त्यहाँस्थित नेपालीहरूका अनुसार उनको उपचारमा ७ लाख भन्दा बढी खर्च लाग्छ ।
तर उपचारका लागि उनीसँग पर्याप्त रकम नभएकोले सहयोगका लागि अपिल गरिएको एनआरएनका प्रवक्ता कृष्णप्रसाद मरासीनीले बताए । सडकमा हिँडिरहेको बेला उनलाई गाडीले ठक्कर दिएको हो ।