२० असार २०८३, शनिबार

नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता

फागुन २०, २०७८
नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता

नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच कर्मचारी एबम् विद्यार्थीहरूलाई आधुनिक एबम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता भएको छ ।  

विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक/ शिक्षक/कर्मचारीहरु सम्पूर्णको तलबी खाताहरुमा बैकले बचत निक्षेपहरुको उच्चतम ब्याजदर प्रदान गरी भीजा डेबिट (एटीएम) कार्ड निःशुल्क उपलब्ध गराइने, मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ रजिष्ट्रेशन निःशुल्क उपलब्ध गराउने, बैंकको लकर भाडामा २५% छुट प्रदान गरिने, जुनसुकै प्रकारको कर्जा लिँदा सेवा शुल्कमा २५% छुट प्रदान गरिने, डी–म्याट/सी–आश्वा/मेरो शेयर रजिष्ट्रेसन सुविधा निःशुल्क उपलब्ध गराइने, कर्मचारीहरुलाई क्रेडिट कार्डको सुबिधा प्रदान गर्ने लगायत बैंकको कुनै एक शाखामा रहेको खाताबाट नेपाल बैंक लिमिटेडकै अन्य कुनै पनि खातामा जतिसुकै रकम ट्रान्सफर गर्न चाहेमा विना कुनै शुल्क तत्कालै ट्रान्सफर गरिने बताइएको छ ।

यस्तै विश्वविद्यालयको आवश्यकता अनुसार विश्वविद्यालय परिसरमा एटीएम मेसिन, बैंक काउन्टर तथा बैंकको शाखा नै स्थापना गरी  बैंकले सेवा प्रदान गर्ने समेत सम्झौता भएको छ । 

सम्झौतापत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट रजिष्टार डा.दीपकबहादुर भण्डारी र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्