२४ जेठ २०८३, आइतबार

युद्धमा सहयोग गर्न नेटो सेना युक्रेनमा प्रवेश गरिसक्यो ? रुसको यस्तो दाबी

फागुन २१, २०७८
युद्धमा सहयोग गर्न नेटो सेना युक्रेनमा प्रवेश गरिसक्यो ? रुसको यस्तो दाबी

रुस र युक्रेनबीच युद्ध जारी रहेका बेला नेटो सेनाको नाम चर्चामा आएको छ ।

अमेरिका नेतृत्वको सैन्य गठबन्धन नेटोमा युक्रेन आवद्ध हुन खोज्दा आक्रोशित रुसले आक्रमण गरेको पृष्ठभूमिमा रुसलाई ठेगान लगाउन नेटो सेना युक्रेनभित्र घुसिसकेको दाबी गरिएको छ ।

रुसको गुप्तचर निकायले नेटो सेनाका आतंककारीहरू युक्रेनमा प्रवेश गरेर रुसविरुद्ध रणनीति बनाइरहेका दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युद्धमा सहयोग गर्न अमेरिका, नेटो लगायत अन्तर्राष्ट्रिय निकायलाई आह्वान गर्दै आएका छन् ।

युक्रेन नेटो गठबन्धनमा आवद्ध भएमा आफू अप्ठ्यारोमा पर्ने डरले रुसले युद्ध शुरू गरेको हो । रुसले लगातार आक्रमण गरिराख्दा समेत युक्रेन डटेर प्रतिरक्षा गरिरहेको छ ।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीको हत्या गर्न रुसले छुट्टै टोली परिचालन गरेको रिपोर्ट समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन् ।

राष्ट्रपति जेलेन्स्कीलाई मार्न ३ पटक गरिएका प्रयास असफल भइसकेका र जेलेन्स्की कहाँ लुके भनेर रुसी सेनाले पत्ता लगाउन नसकेका रिपोर्टमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्