०३ साउन २०८३, आइतबार

संसदीय चुनाव मंसिर अगावै हुन सक्ने गगन थापाको भनाइ

फागुन २१, २०७८
संसदीय चुनाव मंसिर अगावै हुन सक्ने गगन थापाको भनाइ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिर अगावै संसदीय चुनाव हुन सक्ने बताएका छन् ।

संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरिरहेकाले चाँडै निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने थापाले बताएका हुन् ।

कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको अधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै थापाले एमालेले संसदको उपहास गरिरह्यो भने त्यसको विकल्पमा निर्वाचनमा जानुपर्ने हुन सक्ने बताए । 

‘स्थानीय तहको चुनाव वैशाख ३० मै हुन्छ तर, संसदीय चुनाव कहिले हुन्छ मलाई थाहा छैन,’ उनले भने, ‘एमालेले संसदको उपहास गरिरहने र हामीले बोलाएको छलफलमा उहाँहरू नआउने हो भने त्यसबेला किन संसद् चलाइरहने भन्ने प्रश्न उठ्छ ।’

सत्तारूढ गठबन्धनभित्र पनि संसद् विघटन गरेर निर्वाचनमा जाने विकल्पबारे छलफल हुन थालेको छ । एमालेले संसद चल्न नदिएको कारण चुनावमा जानुपर्ने बारे नेताहरूले छलफल शुरू गरेका छन् । 

२०७४ को निर्वाचनमा कांग्रेसले हारेको भए पनि कांग्रेस राजनीतिक स्थिरताको पक्षमा भएकाले प्रतिपक्षमा बसेर भूमिका खेलिरहेको अवस्थामा एकाएक सरकारको जिम्मेवारी आइलागेको उनले बताए ।

अब कांग्रेसले सबै तहको निर्वाचन गराउने र चुनाव जितेर आगामी पाँच वर्ष सानदार ढंगले सरकारले चलाउने पनि थापाले बताए ।

कम्युनिष्ट पार्टीहरूले आफ्नो घरमा आफैंले आगो लगाएर खरानी घसेको उनले बताए । 

‘आगामी निर्वाचन कम्युनिष्ट पार्टीले नै गराउनुपथ्र्यो तर, उनीहरूले आफ्नो घरमा आफैंले आगो लगाए,’ थापाले भने, ‘एकथरी देखाइदिन्छौं भन्दै खरानी घसेर निस्किए, अर्काथरी खरानीको थुप्रोमै अट्टाहास गर्दै बसे ।’

salt training

कमेन्ट गर्नुहोस्