२५ असार २०८३, बिहीबार

एमसीसी पास नभएको भए नेपालको आर्थिक क्षेत्रमा असर पर्थ्यो- गृहमन्त्री खाण

फागुन २१, २०७८
एमसीसी पास नभएको भए नेपालको आर्थिक क्षेत्रमा असर पर्थ्यो- गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग सम्झौता एमसीसीले देशको अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् । उनले एमसीसी सदनबाट अनुमोदन भएर कार्यान्वयनमा जाँदा मुलुकको आर्थिक प्रगति हुने दाबी गरे । 

शनिवार रूपन्देहीको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६३ औं वार्षिक साधारण सभामा बोल्दै एमसीसीबाट देशको विकास हुने दाबी गरे । ‘यदि एमसीसी पास नभएको भए नेपालको आर्थिक क्षेत्रमा नराम्रो प्रभाव पर्थ्यो,’ खाणले भने, ‘अब परियोजना लागू भएपछि यसले मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाउँछ ।’ 

एमसीसी परियोजना नेपालको जलविद्युत क्षेत्रका लागि भएकोले नेपालमा उत्पादित विद्युतलाई खेर जान नदिएर रोजगारी सिर्जना र गरीबी न्यूनीकरण गर्ने खालका नयाँ क्षेत्रको लगानीको अवसर आउने उनले बताए । 

उनले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) र आईसीपीजस्ता योजनाहरूलाई मूर्तरुप दिन लाग्ने जनाए । भन्सारमा अस्थायी भए पनि पार्किङ क्षेत्र निर्माण गर्ने गरी योजना बनिरहेको उनले जनाए ।

salt training

कमेन्ट गर्नुहोस्