२९ असार २०८३, सोमबार

भारतद्वारा युक्रेनबाट एकैदिन २५०० जनाको उद्धार

फागुन २१, २०७८
भारतद्वारा युक्रेनबाट एकैदिन २५०० जनाको उद्धार

भारतले युक्रेनमा फसेका आफ्ना नागरिकलाई उद्दार गर्ने कार्यलाई तिव्रता दिएको छ । शनिबारमात्रै भारतले १३ उडानमार्फत करिब २५०० भारतीयलाई स्वदेश ल्याएको छ ।  यसबारे जानकारी दिँदै भारतीय विदेशमन्त्री एम जयशंकरले उद्दार कार्य निरन्तर रहने बताएका छन् । 
‘अपरेशन गंगा’ नाम दिइएको सो उद्दार अभियानमार्फत फर्किने अधिकांश भारतीय विद्यार्थी रहेका छन् । 

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन संकटको विषयमा शनिबार पनि उच्चस्तरीय बैठक राखेका छन् । पछिल्लो ४ दिनमा मोदीले युक्रेनमा फसेका नागरिकको उद्दारका लागि लगातार ९ बैठक राखेर सक्रियता बढाएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्