३० जेठ २०८३, शनिबार

'टाइगर–३' को मिति घोषणा, कहिले आउँछ हलमा ?

फागुन २२, २०७८
'टाइगर–३' को मिति घोषणा, कहिले आउँछ हलमा ?

बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित चलचित्र 'टाइगर ३'को रिलिज मिति घोषणा गरिएको छ।

बहुप्रतिक्षित यो चलचित्र सन् २०२३ को अप्रिल २१ अर्थात इदका दिन रिलिज हुने भएको छ।

'टाइगर ३'को टिजर सार्वजनिक गर्दै निर्माण युनिटले फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो। यो चलचित्रमा सलमान र कट्रिनाले निकै मेहनत गरेको जनाएका छन्।

टिजरमा सलमान र कट्रिनाको एक्सन देख्न सकिन्छ। सलमान र कट्रिनाले यसअघि 'एक था टाइगर', 'टाइगर जिन्दा हे', 'मेने प्यार क्यु किया' र 'पाटनर'लगायतका चलचित्रमा सँगै काम गरेका थिए।

यो जोडी पछिल्लो पटक सन् २०१९ मा 'भारत' चलचित्रमा सँगै देखिएको थियो।

'टाइगर ३' सलमान खानको टाइगर शृंखलाको तेस्रो भाग हो। 'टाइगर ३'लाई मनिष शर्माले निर्देशन गरेका छन्। फिल्मको छायांकन रुस र टर्कीका विभिन्न भागका साथै दिल्ली र आसपासका क्षेत्रमा गरिएको छ। 'टाइगर ३'मा अभिनेता इमरान हासमी पनि मुख्य भूमिकामा देखिँदैछन्।

कट्रिना कैफ पछिल्लो पटक रोहित सेट्टीको ‘सूर्यवंशी'मा देखिएकी थिइन्। यस चलचित्रमा कट्रिनासँगै अक्षय कुमारले मुख्य भूमिका निर्वाह गरेका थिए। कट्रिना सिद्धान्त चतुर्वेदीका साथ ‘फोन भूत' एवं प्रियंका चोपडा र आलिया भट्टका साथ 'जी ले जरा'मा पनि देखिंदैछिन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्