२६ असार २०८३, शुक्रबार

अमेरिकी कर्नेल म्याकग्रेगर भन्छन्– युक्रेनका राष्ट्रपति जेलेन्स्की कठपुतली हुन्

फागुन २२, २०७८
अमेरिकी कर्नेल म्याकग्रेगर भन्छन्– युक्रेनका राष्ट्रपति जेलेन्स्की कठपुतली हुन्

अमेरिकी सेनाका सेवानिवृत्त कर्नेल डग्लस म्याकग्रेगरले युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्सकी कठपुतली मात्र भएको बताएका छन् ।

फक्स न्युजसँग कुरा गर्दै म्याकग्रेगरले युक्रेनी जनतालाई अनावश्यक जोखिममा जेलेन्स्की नै जिम्मेवार रहेको आरोप पनि लगाए ।

उनले भने, ‘जेलेन्स्की कठपुतली हुन् र उनले युक्रेनको विशाल जनसंख्यालाई अनावश्यक जोखिममा धकेल्ने काम गरेका छन् ।’

युक्रेनबाट आउने सूचना २४ देखि ४८ घन्टाभित्र झूटो प्रमाणित हुने गरेको पनि म्याकग्रेगरले बताए । ‘एयरफील्ड नियन्त्रणमा लिएको अनि गुमाएको अनि फेरि नियन्त्रणमा लिएको भन्ने दाबी बकवास हो,’ उनले बताए । 

जेलेन्स्की आफ्नो जनताका लागि उभिएका नायक हैनन् र र भनी एंकरले प्रश्न गर्दा म्याकग्रेगरले हाँस्दै भने, ‘उनमा नायकत्वको कुनै लक्षण छैन । उनले वास्तविकतालाई स्वीकार गरे बल्ल नायक ठहरिन्छन् । त्यो भनेको युक्रेनलाई तटस्थ राख्ने हो । यो नराम्रो कुरा हैन । तटस्थ युक्रेन हाम्रा लागि पनि, रुसका लागि पनि राम्रो कुरा हो । दुवै पक्षले चाहेको मध्यवर्ती क्षेत्र यसले निर्माण गर्छ ।’

तर जेलेन्स्कीलाई अडिग रहन र युद्ध थप लम्ब्याउन भनिएको म्याकग्रेगर बताउँछन् । युक्रेनी जनताका लागि यो त्रासद कुरा भएको उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्