२२ जेठ २०८३, शुक्रबार

महाभियोग सिफारिश समिति गठन गरेर एक साताका लागि स्थगित भयो संसद् बैठक

फागुन २२, २०७८
महाभियोग सिफारिश समिति गठन गरेर एक साताका लागि स्थगित भयो संसद् बैठक

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव अगाडि बढाउन महाभियोग सिफारिश समिति गठन गरेर प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित भएको छ ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकले ११ सदस्यीय महाभियोग सिफारिश समिति गठन गरेको हो । नेकपा एमालेको नाराबाजीका बीच महाभियोग सिफारिश समिति गठन गर्ने प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक फागुन २९ गते आइतवारसम्मको लागि स्थगित भएको छ ।

सिफारिश समितिमा एमालेका ४, कांग्रेस र माओवादीका समान २ तथा नेकपा एकीकृत समाजवादी, जसपा र लोसपाका एक–एक सदस्य छन् ।

यी हुन् सदस्यहरूः

एमाले

१. विष्णु  पौडेल

२. लालबाबु पण्डित

३. शिबमाया तुम्बाहाम्फे

४. कृष्ण भक्त पोखरेल

कांग्रेस

५. मिन बहादुर विक

६. रामबहादुर विष्ट

माओवादी

७. यसोदा सुवेदी

८. रेखा शर्मा

नेकपा एस

९. कल्याणी खड्का

लोसपा

१०. एकवाल मियाँ

जसपा

११. प्रमोद साह

salt training

कमेन्ट गर्नुहोस्