
एक नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहमाथि अनुसन्धान गर्न १२ दिनको म्याद थप भएको छ ।
अनुसन्धान नसकिएको भन्दै म्याद थपका लागि प्रहरीले पललाई तनहुँ जिल्ला अदालतमा आज पेश गरेको थियो ।
अदालतले १२ दिनको म्याद थपका लागि अनुमति दिएको हो ।
यसअघि पलमाथि अनुसन्धानका लागि ७ दिनको म्याद दिइएको थियो ।
उनीविरुद्ध जाहेरी परेको ५ दिनपछि मात्रै उनले प्रहरीमा आत्मसमर्पण गरेका थिए ।
पलविरुद्ध नवलपुरमा पनि छुट्टै जाहेरी दर्ता गरिएको छ ।