०८ साउन २०८३, शुक्रबार

ह्वात्तै घट्यो संक्रमणदर, थपिए ६८ संक्रमित

फागुन २२, २०७८
ह्वात्तै घट्यो संक्रमणदर, थपिए ६८ संक्रमित

पछिल्लो समय कोरोनाको संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा जम्मा ६८ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९२९ नमूना परीक्षणमध्ये ५४ पीसीआर र १४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा २ संक्रमितको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९४७ छ । 

मन्त्रालयका अनुसार थप ५३८ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ६ हजार ४६१ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्