२४ असार २०८३, बुधबार

मेयर कप प्रतियोगितामा तारकेश्वर विजयी

फागुन २२, २०७८
मेयर कप प्रतियोगितामा तारकेश्वर विजयी

प्रथम मेयर कप अन्तर–नगर प्रतियोगितामा काठमाडौँको तारकेश्वर नगरपालिकाले उपाधि जितेको छ । कूल पाँच स्वर्ण दुई रजत र तीन कास्य जित्दै तारकेश्वर टिम च्याम्पियन बनेको हो ।
       
बादोकाइ कराते डो सङ्घ नेपालको आयोजना र तारकेश्वर नगरपालिकाको सहयोग रहेको प्रतियोगितामा धादिङको नीलकण्ठ नगरपालिका ४ स्वर्ण ३ रजत र ४ कास्य हित दोस्रो भयो भने तेस्रो स्थानमा काठमाडौँको नागार्जुन नगरपालिकाले एक स्वर्ण एक रजत र तीन कास्य हात पारेको छ ।
       
स्थानीय मनमैजुमा भएको दुई दिने प्रतियोगिताको पुरुषमा नीलकण्ठ नगरपालिकाका विजय श्रेष्ठ र महिलामा तारकेश्वर नगरपालिकाका एरिका गुरुङले उत्कृष्ट खेलाडी घोषणा भई जनही रु पाँच हजार नगद पुरस्कार हात पारे भने उदयमान खेलाडीमा पुरुषमा धनकुटाका रिकेश भण्डारी र महिलामा गोलबजारका प्रनिशा साही ठकुरी चुनिएका छन् । बूढानीलकण्ठ नगरपालिकाका अनुशासित टिम चुनिए भने बेस्ट मार्चपास सिन्धुली घोषित भयो ।
       
विजेता खेलाडीलाई तारकेश्वर नगरप्रमुख रामेश्वर बोहोरा, बादोकाइ कराते डो सङ्घ नेपालका अध्यक्ष सुशीलकुमार श्रेष्ठलगायतले आज पुरस्कार प्रदान गरे । कार्यक्रममा विभिन्न २७ वटा नगरपालिकाबाट १९० खेलाडीले १४ वटा स्वर्ण पदकका निम्ति विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेको सङ्घका महासचिव विकास राजबाहकले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्