२१ जेठ २०८३, बिहीबार

एफपीओ  जारी गर्दै समता लघुवित्त

फागुन २३, २०७८
एफपीओ  जारी गर्दै समता लघुवित्त

​समता घरेलु   लघुवित्त   वित्तीय संस्था लिमिटेडले  एफपीओ  निष्कासन गर्ने   भएको   छ ।  

लघुवित्तले एफपीओ    निष्कासनका लागि आरबीबी   मर्चेन्ट   बैङ\किङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बिक्री   प्रबन्धकको   काम गर्नका   लागि   दुई   संस्थाबीच नियुक्तिसम्बन्धी    सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा समता घरेलु   लघुवित्त   वित्तीय   संस्था लिमिटेडका    तर्फबाट  प्रमुख कार्यकारी  अधिकृत  डा.  मदन घिमिरे   र   आरबीबी   मर्चेन्ट बैङ्किङ   लिमिटेडका   तर्फबाट प्रमुख     कार्यकारी     अधिकृत बद्रीप्रसाद  प्याकुरेलले  हस्ताक्षर गरे ।

कम्पनीमा  संस्थापक  हिस्सा ७० प्रतिशत र सर्वसाधारण हिस्सा ३० प्रतिशत कायम गर्न दुई लाख ८९  हजार  ४४०  कित्ता  एफपीओ बिक्री    गर्ने    समता घरेलुले जानकारी गराएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्