
पूर्व सञ्चारमन्त्री एवम् नेकपा एमालेका नेता गोकुल प्रसाद बास्कोटाले सरकारले अहिले तजबिजी अधिकारको प्रयोग गरेर कानूनको नाममा आदेश दिइरहेको टिप्पणी गरेका छन् ।
सरकारले आइतवार युट्युव अनिवार्य दर्ता गरेर चलाउनुपर्ने लगायतका विभिन्न कानून राजपत्रमा प्रकाशित गरेसँगै पूर्वसञ्चारमन्त्री बास्कोटाले यस्तो बताएका हुन् ।
उनले सूचना प्रविधि, मनोरञ्जन क्षेत्र, सामाजिक सञ्जाल, आमसञ्चार लगायतका क्षेत्रमा करिब १२ वटा कानून आफ्नो कार्यकालमा बनाएको समेत जनाएका छन् ।
उनले भनेका छन्,'सूचना प्रविधि,सामाजिक सञ्जाल,मनोरञ्जन क्षेत्र,आमसञ्चार,पोष्टल सर्भिस,सञ्चारकर्मीको पेशागत सुरक्षा,स्पेस पोलिसी,मिडिया काउन्सिल विज्ञापन क्षेत्रका करीब १२ वटा कानुन हामीले बनाई सकेका हौँ । तर अहिले संसदबाट पास गर्नुको बदला सरकार तजविजी अधिकार प्रयोग गर्दैछ,जुन कानुन होईन आदेश हो।'
सूचना प्रबिधि,सामाजिक सन्जाल,मनोरन्जन क्षेत्र,आमसन्चार,पोष्टल सर्भिस,सन्चारकर्मीको पेशागत सुरक्षा,स्पेस पोलीसी,मिडीया काउन्सील विज्ञापन क्षेत्रका करीब बार्हवटा कानुन हामीले बनाई सकेका हौ।तर अहिले संसदवाट पास गर्नुको बदला सरकार तजविधी अधिकार प्रयोग गर्दैछ,जुन कानुन होईन आदेश हो।
— Gokul Prasad Baskota (@GokulPBaskota) March 7, 2022