३० जेठ २०८३, शनिबार

लुक्ला विमानस्थल नजिकको वनमा भीषण आगलागी, हेलिकप्टरबाट आगो निभाइँदै

फागुन २३, २०७८
लुक्ला विमानस्थल नजिकको वनमा भीषण आगलागी, हेलिकप्टरबाट आगो निभाइँदै
तस्वीर साभारः सोलु एफएम ।

तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गएरातिदेखि भीषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भीर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले जनाएका छन् ।

खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले अत्यधिक भीर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि अहिले हेलिकप्टरले आगो निभाउन थालिएको छ । 

आगोको धुवाँका कारण आज बिहान करीब एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिए । 

अहिले विमानस्थल सञ्चालनमा आइसकेको जनाइएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने उक्त जंगलमा लागेको आगो फैलँदो अवस्थामा रहेको स्थानीयवासी रामे तामाङले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्