
नाबालिगको अश्लील तस्वीर फेसबुकमा पोस्ट् गर्ने एक जना पक्राउ परेका छन् ।
प्रहरीको साइबर ब्युरोले ललितपुर उपमहानगरपालिका–२१ का २९ वर्षीय दीपु भन्ने विकास महर्जनलाई पक्राउ गरेको हो ।
नाबालिगको अश्लील तस्वीर तथा अश्लील स्टाटस फेसबुकमा पोस्ट् गरेर चरित्र हत्या गरेको भन्दै महर्जनलाई ब्युरोले पक्राउ गरेको जनाएको छ ।
अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ ।