०४ साउन २०८३, सोमबार

२४ घण्टामा थपिए ८८ संक्रमित, एक जनाको मृत्यु

फागुन २३, २०७८
२४ घण्टामा थपिए ८८ संक्रमित, एक जनाको मृत्यु

पछिल्लो समय कोरोनाको संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ८८ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६३८ नमूना परीक्षणमध्ये ६६ पीसीआर र २२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा एक संक्रमितको मृत्यु भएको छ। 

हालसम्मको मृत्यु संख्या ११ हजार ९४८ छ । 

मन्त्रालयका अनुसार थप ३७६ जना संक्रमणमुक्त भएका छन् । 

हाल मुलुकभर ६ हजार १५० सक्रिय संक्रमित छन् ।

कमेन्ट गर्नुहोस्