
पछिल्लो समय कोरोनाको संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ८८ जनामा मात्रै संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६३८ नमूना परीक्षणमध्ये ६६ पीसीआर र २२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा एक संक्रमितको मृत्यु भएको छ।
हालसम्मको मृत्यु संख्या ११ हजार ९४८ छ ।
मन्त्रालयका अनुसार थप ३७६ जना संक्रमणमुक्त भएका छन् ।
हाल मुलुकभर ६ हजार १५० सक्रिय संक्रमित छन् ।