
नेपाल बार एशोसिएसनको निर्वाचनका लागि एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए)को तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीको नेतृत्वमा प्यानलसहित मनोनयन दर्ता गरिएको छ ।
पीपीएलए समूहबाट वरिष्ठ अधिवक्ता अधिकारीको नेतृत्वमा विभिन्न २५ वटा पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरिएको छ ।
पीपीएलएको समूहबाट सात उपाध्यक्षका लागि १ नम्बर प्रदेशबाट उपाध्यक्षमा रोहितकुमार डांगी, मधेश प्रदेशबाट केशवप्रसाद दास, बागमती प्रदेशबाट डिल्लीराम मैनाली, गण्डकी प्रदेशबाट भूपेन्द्र खनाल, लुम्बिनी प्रदेशबाट वासुदेव ज्ञवाली, कर्णाली प्रदेशबाट विष्णुप्रसाद तिमिल्सिना, सुदूरपश्चिम प्रदेशबाट चंखबहादुर सावदले मनोनयन गराएका छन् ।
त्यसै गरी महिला उपाध्यक्षमा रमा श्रेष्ठ, महासचिवमा केदारप्रसाद कोइराला, कोषाध्यक्षमा जगतबहादुर कार्कीले मनोनयन दर्ता गराएका छन् ।
सो समूहबाट १४ जना सदस्यका लागि दलित क्लस्टरबाट कुन्जनी परियार प्यासी, मधेशी मुस्लिम क्लस्टरबाट नरसिंह चौधरी थारु र सुभाषचन्द्र झा, आदिवासी जनजातिबाट शशीकुमारी श्रेष्ठ र दिलकुमारी राईले मनोनयन दर्ता गराएका छन् ।
महिला खुल्ला सदस्यमा मनिका खड्का र इन्दिरा आचार्य, उपत्यका बाहिरका खुल्ला सदस्यमा गणेशबहादुर वली, कुबेर घिमिरे, युवक गौतम, अर्जुनबहादुर खडका, अनिलकुमार श्रेष्ठ, ताराकुमार श्रेष्ठ, हरिप्रसाद पंगेनीले मनोनयन दर्ता गराएका छन् ।