०२ असार २०८३, मंगलबार

कांग्रेसको बोलीप्रति प्रचण्डको आपत्ति

फागुन २६, २०७८
कांग्रेसको बोलीप्रति प्रचण्डको आपत्ति

आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली कांग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् । माओवादीकै बलमा काँग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उनले अपमानजनक रुपमा कांग्रेसका नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन् ।

एमसीसी सम्झौता संसदबाट पारित गर्ने क्रममा कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले माओवादीलाई नीतिलाई लक्षित गर्दै अभिव्यक्ति दिएका थिए । रिजालको अभिव्यक्तिले माओवादीका नेताहरु असन्तुष्ट बन्दै आएका छन् । अन्तिम अवस्थामा माओवादीले एमसीसी पारित गर्ने निर्णय गरेको भन्दै रिजालले संसदमा माओवादीको धज्जी उडाउने गरी अभिव्यक्ति दिएको खबर नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्