
राष्ट्रपति विद्यादेवी भण्डारीले संखुवासभाको मादीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।
उनले बिहीवार एक ट्वीट गर्दै सो दुर्घटनामा दर्जनौँ यात्रुको ज्यान गुमेको खबरले आफू मर्माहत भएको बताएकी छन् ।
उनले शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।
राष्ट्रपति भण्डारीले सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएकी छन् ।
बिहीवार बिहान भएको सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन् ।
संखुवासभाको मादीमा भएको बस दुर्घटनामा परी दर्जनौँ यात्रुको ज्यान गुमेको खबरले मर्माहत भएको छु। शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि आवश्यक सावधानी अपनाउन सम्बद्ध पक्षको ध्यान आकृष्ट गराउँछु।
— Bidya Devi Bhandari (@PresidentofNP) March 10, 2022