३० जेठ २०८३, शनिबार

खल्तीको  क्युआर अफर - फोनपेमा स्क्यान गरी भुक्तानी गर्ने र लिने दुबैलाई स्कुटर, स्मार्टफोन, र नगद जित्ने अवसर

फागुन २६, २०७८
खल्तीको  क्युआर अफर - फोनपेमा स्क्यान गरी भुक्तानी गर्ने र लिने दुबैलाई स्कुटर, स्मार्टफोन, र नगद जित्ने अवसर

खल्ती डिजिटल वालेटले फोनपे क्युआर स्क्यानमा टिभीएस एन्टोर्क, वान प्लस नर्ड, तथा रु. ५००० जित्ने "स्क्यान मा अफर" ल्याएको छ ।

यस अफरमा फोनपे क्युआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभई खल्ती मार्फत क्युआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि बिजेता हुनेछन्। 

यस क्याम्पेनमा बम्पर उपहार टिभीएस एन्टोर्क स्कुटर खल्ती बाट फोनपे क्युआरमा भुक्तानी गर्ने एक प्रयोगकर्ता र भुक्तानी प्राप्त गर्ने एक फोनपे मर्चेन्टले प्राप्त गर्ने छन्। त्यसै गरि हरेक हप्ता दुई खल्ती प्रयोगकर्ताले वान प्लस नर्ड स्मार्टफोन एन १०० को साप्ताहिक पुरस्कार र दैनिक पुरस्कारमा एक खल्ती प्रयोगकर्ताले रु. ५००० नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो अफर फागुन २६ देखि बैशाख १०, २०७९ सम्म मान्य  हुने कम्पनीले जनाएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्