
लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगको दोस्रो सम्मेलनले प्रदेश र स्थानीय तहले गरेको बढुवा र स्तर वृद्धि रद्द गर्ने गरेको निर्णयप्रति नेपाल नगरपालिका कर्मचारी एसोसिएसनले असहमति जनाएको छ । गत सोमबार र मङ्गलबार रुपन्देहीमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले प्रक्रिया नपु¥याई गरिएका बढुवा र तह वृद्धिसम्बन्धीलगायतका कार्र्य सम्बन्धित प्रदेश लोकसेवा आयोगले रद्द गर्ने निर्णय गरेको थियो ।
एसोसिएसनले स्थानीय तह पनि सरकार नै भएकाले सरकारले गरेको निर्णय रद्द गर्ने अधिकार लोकसेवा आयोगलाई नभएको दाबी गरिएको छ । लामो समयदेखि कर्मचारीको अवरुद्ध भएको वृत्ति विकासको बाटो खुलाउनु पर्नेमा कर्मचारीको वृत्ति विकासलाई अङ्कुश लगाउने गरी निर्णय भएको एसोसिएसनको गुनासो छ, गोरखापत्रमा खबर छ।