
स्थानीय तह निर्वाचनको तयारीबारे निर्वाचन आयोगले आह्वान गरेको सर्वदलीय बैठक शुरू भएको छ ।
आयोगले राजनीतिक दलका प्रतिनिधिहरूलाई हालसम्म भएका प्रगतिबारे जानकारी गराउने छ ।
छलफलमा राष्ट्रिय तथा साना दलको सहभागिता छ ।
आयोगले मतपत्रलगायतका विषय रायसुझाव पनि लिने बताइएको छ । आयोगले मतपत्रको रङ हरियो राख्ने निर्णय गरेको छ । सो विषयमा नेकपा एमालेले आपत्ति जनाएको छ । छलफलमा मतपत्रको रङको विषयमा पनि छलफल हुने बताइएको छ ।
यद्यपि गणकहरूलाई सहज होस् भनेर आयोगले मतपत्रको रङ हरियो बनाउने निर्णय गरेको जनाएको छ ।