
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरको कारोबार आइतवारबाट शुरू हुने भएको छ ।
शुक्रवार जाल्पाको १६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले प्रतिकित्ता न्यूनतम १६४ रूपैयाँ ६० पैसादेखि ४९३ रूपैयाँ ८० पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ ।