
ग्लोबल आईएमई बैंक र कामना सेवा विकास बैंकबीच कामना बैंकका ग्राहकहरूलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार कामना बैंकका ग्राहकहरूले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा कामना बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंकमार्फत् उपभोग गर्न सक्नेछन् ।
उक्त समझदारी पत्रमा ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरे ।
ग्लोबल आईएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा बैंकका २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करीब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
यसै गरी 'प्रगतिको आधार कामना सेवासँग कारोबार' भन्ने नाराका साथ सन् २०१७ मा स्थापित कामना बैंकले बैंकले देशभर रहेका आफ्ना १२९ वटा शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएको छ ।