
पछिल्लो २४ घण्टामा ७७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९८१ नमूना परीक्षणमध्ये ६२ पीसीआर र १५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा एक संक्रमितको मृत्यु भएको छ ।
हालसम्मको मृत्यु संख्या ११ हजार ९५० छ ।
मन्त्रालयका अनुसार थप १८९ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ६० हजार ६८६ पुगेको छ ।
हाल मुलुकभर ५ हजार २१२ सक्रिय संक्रमित छन् ।