३१ असार २०८३, बुधबार

नबिल बैंकले सञ्चालन गर्‍यो एसएमई ग्राहकहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम

फागुन २७, २०७८
नबिल बैंकले सञ्चालन गर्‍यो एसएमई ग्राहकहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम

नबिल बैंकले प्रदेश नं. ज्ञ स्थित बैंकको शाखा कार्यालय अन्र्तगतका साना तथा मझौला ऋणीहरुलाई व्यवसायिक क्षमता अभिद्धि गर्ने हेतूका साथ क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन गरेको छ।

बैंकले आफना ग्राहकवर्गहरुको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गरी नेपाली उत्पादनको प्रर्वद्धनमा जोड दिने लक्ष्य राख्दै सोही क्षेत्रका विज्ञ सुमन शाक्यलाई प्रशिक्षकको रुपमा आमन्त्रित गरी उक्त तालिम आयोजना गरेको र उक्त तालिम कार्यक्रम नेपालको बैंकिङ क्षेत्रमै पहिलो प्रयासको रुपमा रहेको बैंकले जनाएको छ । 

शुक्रवार इटहरीमा आयोजित उक्त तालिम कार्यक्रममा बैंकका ४० भन्दा बढी साना तथा मझौला ऋणी तथा ग्राहकहरुको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्