०७ साउन २०८३, बिहीबार

अमेरिकामा सम्मानित भए दिनेश

फागुन २७, २०७८
अमेरिकामा सम्मानित भए दिनेश

दिनेश सुनार अमेरिकामा सम्मानित भएका छन् । पार्कर साथै जिम्याष्टिक खेल क्षेत्रमा गरेको संघर्ष, योगदान र उपलब्धीको मूल्यांकन गर्दै अमेरिकाको वासिङटन डिसीस्थित नेपाली दूतावासले दिनेशलाई सम्मान गरेको हो ।

कार्यवाहक राजदूत कुमार खरेलले दिनेशलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

द मोस्ट स्टेन्डिङ फुल टुयिस्ट ब्याकफ्लिप्स इन ३० सेकेन्ड इज १२ मा विश्व कीर्तिमान बनाएका दिनेश सन् २०२२ को जनवरी १ मा चेन्ज मेकर्स अवार्ड, अमेरिका, २०२१ को डिसेम्बर ३१ मा ग्लोबल इम्पावरमेन्ट अवार्ड, भारत तथा २०२२ को जनवरी ६ मा इन्डिया स्टार रिपब्लिक अवार्ड, भारतबाट पुरस्कृत भएका थिए ।


 

कमेन्ट गर्नुहोस्