३० जेठ २०८३, शनिबार

प्रेस चौतारी नेपालको महाधिवेशनमा एघार पत्रकार सम्मानित

फागुन २७, २०७८
प्रेस चौतारी नेपालको महाधिवेशनमा एघार पत्रकार सम्मानित

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट विभिन्न ११ जनालाई सम्मान गरेका छन् । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज पोखरा सभागृहमा भएको उद्घाटन समारोहमा उनले नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।

सो अवसरमा हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार–२०७७ बाट सङ्गठनका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र २०७८ बाट पूर्वअध्यक्ष गगन विष्ट सम्मानित भए । त्यस्तै संस्थाद्वारा सञ्चालित अग्निशिखा पत्रकारिता पुरस्कार–२०७७ कृष्णविनोद लम्साल र ०७८ बाट राजनीतिक विश्लेषक तथा पत्रकार झलक सुवेदीलाई प्रदान गरियो ।

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार–२०७७ र ०७८  क्रमशः सागर पण्डित र हिरा परियार, वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार केपी गौतम र अनुप तिवारी, चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङलाई प्रदान गरियो । त्यस्तै पदमलक्ष्मी–सावित्री स्मृति पत्रकारिता पुरस्कारबाट अब्दुलाह मियाँ र शिवराज भट्टलाई प्रदान गरिएको महाधिवेशन मूल आयोजक समितिका संयोजक एवं प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्