०७ साउन २०८३, बिहीबार

यूक्रेनी अस्पतालमा आक्रमण नगरेको रूसको दावी

फागुन २७, २०७८
यूक्रेनी अस्पतालमा आक्रमण नगरेको रूसको दावी

रूसले यूक्रेनको अस्पतालमा आक्रमण नगरेको दावी गरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा रूसी सेनाले यूक्रेनका सबै विद्यालय, अस्पताल र घनाबस्तीका शहरलाई आक्रमणको निशाना बनाएर भग्नावशेषमा परिणत गरिदिएको भन्ने समाचारहरू आइरहेका समय यूक्रेनी अस्पतालमा रूसले कुनै आक्रमण नगरेको बताएको हो । 

यूक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले पनि बुधबार अस्पतालमा भएको बम विष्फोटमा एक बालकसहित तीन जनाको मृत्यु भएको बताएका थिए । त्यसलाई रुसले भने अस्वीकार गरेको हो । 

यसैबीच, यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लयादिमिर पुटिनले आत्मविश्वासका साथ झुठो बोल्ने गरेका पनि आरोप लगाएका छन् । रूसले यूक्रेनमाथि आक्रमण गर्न सुरु गरेपछि विश्वभर रूसको आलोचना भइरहेको छ । १५ लाख भन्दा बढी यूक्रेनी नागरिक रुसी आक्रमणबाट जोगिन आफ्नो देश छोडेर छिमेकी मुलुकमा पुगेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्