२९ असार २०८३, सोमबार

ओलीको प्रस्तावमा माधव नेपाल पनि सहमत

फागुन २८, २०७८
ओलीको प्रस्तावमा माधव नेपाल पनि सहमत

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ को नाम कोसी राख्नुपर्ने धारणा व्यक्त गरेका छन् । 
 प्रदेश १ को नाम जातीय पहिचानको दृष्टिकोणले भन्दा पनि सबैको सर्वस्वीकार्य हुने र सबैलाई मान्य हुने भएकाले कोसी नै उत्तम रहेको उनको भनाइ छ । धरानमा शुक्रबार समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सबै जात जातिको पहिचान र भूमिका, भाषा र संस्कृतिलाई सबैले सम्मान गर्नुपर्ने तर देशलाई जातीय द्वन्द्वमा लैजान दिन नहुने  भन्दै प्रदेश १ को नाम कोसी नाम नै सही भएको तर्क गरे ।  पूर्वप्रधानमन्त्री नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी राख्न सुझाव दिएकोमा आफ्नो पनि समर्थन रहेको बताए । गोरखापत्रमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्