
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारलाई बालुवामा राखिएको नक्कली मुलाको संज्ञा दिएका छन् ।
नेपाल निजामति कर्मचारी संगठनको ११ औं अधिवेशननलाई काठमाडौंमा सम्बोधन गर्दै उनले जरा नभएको मुलालाई अदालतले बालुवामा राखिदिएको बताएका हुन् ।
‘गठबन्धनको सरकार बालुवामा राखेको नक्कली मुला हो । हल्लाउनु पनि पर्दैन, त्यसैले फुक्लुक्क निस्कन्छ,’ उनले भने, ‘अदालतले बालुवामा खोस्रेर राखिदिएको जरो नभएको मुलालाई जनताको अभिमतबाट उखेलेर मिल्काइदिन्छौं ।’
यस्तै उनले कर्मचारीलाई सरकारी असहयोग नगर्न पनि आग्रह गरेका छन् । ‘यो सरकार ठिक छ कि छैन भनेर तपाईंहरूले छुट्याउने होइन, यो सरकारलाई पनि हामी ठिक लगाइहाल्छौं नि ।’