०२ असार २०८३, मंगलबार

कांग्रेसको चुनावी अभियान आजदेखि

फागुन २९, २०७८
कांग्रेसको चुनावी अभियान आजदेखि

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान प्रारम्भ  गर्दैछ  ।

प्रधानमन्त्री  एवं  नेपाली  काँग्रेसका  सभापति शेरबहादुर देउवाले चैत २९ गतेसम्म एक महिना  सञ्चालन  हुने  उक्त  अभियानको  आइतबार  उद्घाटन गर्नुहुनेछ ।

'घर–घर  जाऔँ,  काँग्रेस  जिताऔँ’  नारासहित  प्रारम्भ  हुने  अभियान  ७७  वटै  जिल्लामा  केन्द्रीय  प्रतिनिधि  परिचालन  गरी  एकैसाथ  थालनी  गर्ने  काँग्रेसको तयारी छ ।

काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले  २०७९  वैशाख  ३०  गते  हुने  स्थानीय  तहको  निर्वाचनलाई  दृष्टिगत  गरी  काँग्रेसले  पहिलो  चरणमा । 'घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु गरेको बताए ।

फागुन २९ देखि चैत २९ गतेसम्म  सञ्चालन  हुने  अभियानमार्फत  जनतालाई  पार्टीका  एजेन्डाबारे  जानकारी  दिने  र  जनस्तरबाट  आएका सुझाव सङ्कलन गर्ने उनले बताए ।

काँग्रेसको  दृष्टिकोण,  राष्ट्रिय  मुद्दाहरूमा  लिइएका  अडान र महत्वपूर्ण विषयलाई जनतामाझ प्रस्तुत गर्ने उनले उल्लेख गरे ।

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आठवटा मुद्दामा अभियान केन्द्रित गरिने बताए । उनका अनुसार स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भएर आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न  मतदातालाई  अपिल  गर्दै  निर्वाचनको  माहोल  बनाउने उद्देश्य अभियानको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्