
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका नेताकै कारण मधेस पछाडि परेको बताएका छन् ।
बाराको आदर्श कोतवाल गाउँपालिकामा नेकपा (एमाले) बारा जिल्ला कमिटीद्वारा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मधेसका नेताहरू विकासभन्दा पनि स्वार्थपूर्तिमा लागेको आरोप पनि लगाए ।
बारा, पर्सा र रौतहटका युवाले बलिदान गरेर आन्दोलनको अगुवाइ गरेको बताउँदै उहाँले मुलुक परिवर्तनका लागि नेता तथा मधेसका स्थानीयको महत्वपूर्ण योगदान रहेको स्मरण गरे ।
मुद्दा देखाएर मुद्रा आर्जन गर्ने पार्टी एमाले नभएको बताउँदै नेकपा एमाले राष्ट्र, राष्ट्रियताको जगेर्ना गर्दै देश बनाउने पार्टी भएको ओलीले दाबी गरे। उनले तराई मधेसमा विद्यमान नागरिकताको समस्या समाधान गर्न आफू प्रधानमन्त्री हुँदा अध्यादेश ल्याएर वंशजका सन्ततिलाई नागरिकता दिने पहल गरेको बताए । गोरखापत्र दैनिकमा खबर छ ।