२७ जेठ २०८३, बुधबार

कांग्रेसको एक महिने चुनावी अभियान आजबाट शुरू हुँदै

फागुन २९, २०७८
कांग्रेसको एक महिने चुनावी अभियान आजबाट शुरू हुँदै

नेपाली कांग्रेसले आज (आइतवार) देखि एक महिने चुनावी अभियान सञ्चालन गर्दैछ । 

चैत २९ सम्म हुने ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानको उद्घाटन प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् । 

७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरेर अभियान सञ्चालन गर्ने कांग्रेसले तयारी गरेको छ । 

कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पहिलो चरणमा यो अभियान सञ्चालन गर्न लागेको हो । 

अभियानअन्तर्गत जनतालाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझावहरू संकलन गरिने कांग्रेसको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्