२७ जेठ २०८३, बुधबार

काठमाडौं उपत्यकामा एकैसाथ सञ्चालनमा आयो नबिल बैंकको ४ नयाँ शाखा

फागुन २९, २०७८
काठमाडौं उपत्यकामा  एकैसाथ सञ्चालनमा आयो नबिल बैंकको ४ नयाँ शाखा

नबिल बैंकले काठमाडौं उपत्यकामा ४ वटा नयाँ शाखाको एकैसाथ उद्घाटन गरेको छ । 

आइतवार जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखा सञ्चालनमा आएको छ ।  

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रुपमा जरंखु शाखा, बैंक सञ्चालक मलय मुखर्जी र काठमाडौं महानगरपालिका–१० शंखमूलका कार्यवाहक वडाध्यक्ष रोहिनी श्रेष्ठले शंखमूल शाखा, बैंक सञ्चालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले ठैब शाखा तथा बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गोंगबु जालपा शाखाको उद्घाटन गरे । 

उद्घाटन कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु, बैंकका वरिष्ठ पदाधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकैसाथ चार नयाँ शाखा उद्घाटन गरिएको हो 

विगत ३७ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गरिरहेको बैंकको दाबी छ । 

‘मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ती देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ । 

नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४१ पुगेको छ । बैंकले १८७ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दैै आइरहेको छ । 

‘देशकै अग्रणी तथा आम लगानीकर्तालाई उच्च प्रतिफल दिन सफल बैंक नबिलले उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैकिङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्