२१ जेठ २०८३, बिहीबार

‘बाहुबली २’ या ‘दंगल’, बक्स अफिसमा को छ अगाडि ?

कात्तिक २०, २०७४
‘बाहुबली २’ या ‘दंगल’, बक्स अफिसमा को छ अगाडि ?

केही दिन पहिले खबर आएको थियो कि बलिउड अभिनेता आमिर खान अभिनित फिल्म ‘दंगल’ले वर्ल्डवाइड कलेक्सन २ हजार करोड रुपैयाँभन्दा बढी गरिकेको छ । तर फिल्मसँगै जोडिएका व्यक्तिहरुले भने उक्त खबरको अण्डन गरेका छन् ।

अहिले नै दंगलले २ हजार करोड कमाइ नगरेको उनीहरुको भनाइछ । दंगलले अहिलेसम्म १८६४ करोड (भारु) कलेक्सन गरेको छ । साथै फिल्मले चीनमा पनि ऐतिहासिह सफलता हासिल गरेको छ ।

चिनियाँ दर्शकलाई आमिरको फिल्म धेरै मन पर्यो । अहिले पनि चिनियाँ हलमा दंगल चलिरहेको छ । र अझै केही देशमा प्रदर्शन गर्ने तयारी भइरहेको पनि जनाइएको छ ।

यस्तै भारतीय फिल्म इतिहासमा छुट्टै रेकर्ड कायम गरेको ‘बाहुबली २’ले अहिले सम्म वर्ल्डवाइड १६९० करोड (भारु) कलेक्सन गरेको छ ।

भारतबाट मात्रै यो फिल्मले १३८० करोड भारु कमाएको छ । फिल्मलाई चीनमा प्रदर्शन गर्ने तयारी भइरहेको छ । यदि यो फिल्म चिनियाँ दर्शकलाई मन पर्यो भने बक्स अफिसमा ‘बाहुबली २’ दंगलभन्दा अगाडि जाने निश्चित छ ।

salt training

कमेन्ट गर्नुहोस्